खोजमुलक

अध्ययन ३०

सारांश: के तपाई परमेश्वरको मार्ग पछ्याउन चाहनुहुन्छ?

यूहन्‍ना 3:1-21, मत्ती 7:13-14

कदम १: कथा पढ्नुहोस्।

निम्न लिखित खण्ड पढ्नुहोस् वा सुन्नुहोस् ।

x1.0

निकोदेमसलाई येशूको शिक्षा

3:1फरिसी दलका निकोदेमस नाम भएका एक जना मानिस थिए, जो यहूदीहरूका सभाका एक सदस्य पनि थिए। 2तिनी एक राति येशूकहाँ आए, र उहाँलाई भने, “गुरुज्यू, तपाईं परमेश्‍वरबाट आउनुभएको शिक्षक हुनुहुन्छ भनी हामी जान्दछौँ; किनकि परमेश्‍वर साथमा नभईकन तपाईंले गरिरहनुभएका यी अलौकिक चिन्हहरू कसैले पनि गर्न सक्दैन।”

3येशूले जवाफ दिनुभयो, “म तिमीलाई साँच्‍चै भन्दछु, कोही नयाँ गरी जन्मेन भने त्यसले परमेश्‍वरको राज्य देख्न सक्दैन।”

4निकोदेमसले सोधे, “मानिस बूढो भएपछि फेरि कसरी जन्मन सक्छ? निश्‍चय नै फेरि जन्मनलाई ऊ आफ्नी आमाको गर्भमा दोस्रोचोटि पस्‍न त सक्दैन!”

5येशूले जवाफ दिनुभयो, “म तिमीलाई साँच्‍चै भन्दछु, पानी र आत्माद्वारा नजन्मेसम्म कोही पनि परमेश्‍वरको राज्यमा प्रवेश गर्न सक्नेछैन। 6शरीरले शरीर जन्माउँछ, तर आत्माले आत्मा जन्माउँछ। 7‘तिमीहरू नयाँ गरी जन्मनुपर्छ’ भन्‍ने मेरो भनाइमा अचम्म नमान। 8बतास जता मन लाग्यो त्यतै बहन्छ। तिमीले त्यसको आवाज त सुन्छौ, तर त्यो कहाँबाट आउँछ वा कहाँ जाँदैछ, त्यो भन्‍न सक्दैनौ। आत्माद्वारा जन्मेको हरेक व्यक्ति पनि त्यस्तै हुन्छ।”

9निकोदेमसले सोधे, “यो कसरी हुन सक्छ?”

10येशूले भन्‍नुभयो, “तिमी इस्राएलका गुरु हौ, र पनि यी कुराहरू तिमी बुझ्दैनौ? 11म तिमीलाई साँच्‍चै भन्दछु, हामी जे जान्दछौँ, त्यो भन्दछौँ, र हामीले जे देखेका छौँ, त्यसको गवाही दिन्छौँ। तर पनि तिमीहरूले हाम्रा गवाही ग्रहण गर्दैनौ। 12मैले तिमीहरूलाई पृथ्वीका कुराहरू भनेको छु। तर पनि तिमीहरू विश्‍वास गर्दैनौ। तिमीहरूलाई मैले स्वर्गका कुरा बताएँ भने झन् कसरी विश्‍वास गरौला? 13स्वर्गबाट ओर्लिआएको मानिसको पुत्र बाहेक कोही पनि स्वर्गमा गएको छैन। 14जसरी मोशाले उजाडस्थानमा सर्पलाई उचाले, त्यसरी नै मानिसको पुत्र पनि उचालिनैपर्छ, 15तब उहाँमाथि विश्‍वास गर्ने हरेकले अनन्त जीवन पाउन सक्छ।”

16किनकि परमेश्‍वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना अद्वितीय पुत्रलाई बलिदानका लागि दिनुभयो, ताकि उहाँमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्। 17किनकि परमेश्‍वरले संसारलाई दोषी ठहराउनका निम्ति आफ्ना पुत्रलाई संसारमा पठाउनुभएको होइन, तर उहाँद्वारा संसारलाई बचाउन पठाउनुभयो। 18जसले उहाँमाथि विश्‍वास गर्दछ, त्यो दोषी ठहरिँदैन; तर जसले विश्‍वास गर्दैन, त्यो अगिबाटै दोषी ठहरिएको हुन्छ; किनकि उसले परमेश्‍वरका अद्वितीय पुत्रको नाममा विश्‍वास गरेको छैन। 19फैसला यही हो: ज्योति संसारमा आएको छ, तर मानिसहरूले ज्योतिको साटो अन्धकारलाई रुचाए। किनकि तिनीहरूका कामहरू खराब थिए। 20हरेक जसले दुष्‍ट काम गर्दछ, त्यसले ज्योतिलाई घृणा गर्दछ। अनि त्यसका कामहरू प्रकट होलान् भन्‍ने डरले त्यो ज्योतिमा आउँदैन। 21तर जो सत्यतामा जिउँछ, उसले जे गरेको छ, त्यो परमेश्‍वरद्वारा गरिएका हुन् भन्‍ने कुरा स्पष्‍ट देखिन सकियोस् भनी ज्योतिकहाँ आउँछ।

साँघुरो र फराकिलो ढोका

7:13“साँघुरो ढोकाबाट भित्र पस; किनकि विनाशमा पुर्‍याउने ढोका फराकिलो र बाटो चौडा हुन्छ; अनि धेरैले त्यसबाट प्रवेश गर्छन्। 14तर जीवनमा पुर्‍याउने ढोका सानो र बाटो साँघुरो छ, र थोरैले मात्र त्यो भेट्टाउँछन्।

कदम २: पुन: उही कथालाई बताउनुहोस्।

केही समय लिएर आफ्नै शब्दहरूमा कथा पुन:सुनाउनु होस। तपाईं यसलाई ठूलो स्वरमा बताउन वा यसलाई लेख्न सक्नुहुन्छ। यदि तपाइँ यस खण्डलाई सम्झन संघर्ष गर्दै हुनुहुन्छ भने, पुन: यस खण्डलाई पढ्नुहोस् वा सुन्नुहोस्।

कदम ३: कथा मनन् गर्नुहोस।

जब तपाईंलाई लाग्छ कि तपाईंले कथा राम्रोसँग बुझ्नुभयो, तब तलका प्रश्नहरूलाई सोच्नुहोस र छलफल गर्न केही समय लिनुहोस्।


Get it on Google Play
Download on the App Store

Get Discovery Bible Studies on your phone

Discover copyright ©2015-2025 discoverapp.org

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™. Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. “Biblica” संयुक्त राज्य अमेरिका पेटेन्ट एण्ड ट्रेडमार्क अफिसमा Biblica, Inc. द्वारा दर्ता गरिएको ट्रेडमार्क हो। अनुमतिसहित प्रयोग गरिन्छ।