
निम्न लिखित खण्ड पढ्नुहोस् वा सुन्नुहोस् ।
चेलाले चुकाउनुपर्ने मूल्य
14:25येशूसँग मानिसहरूको ठूलो भीड साथमा जाँदैथिए, र तिनीहरूतिर फर्केर उहाँले भन्नुभयो: 26“यदि कोही मकहाँ आउँछ, र मलाई भन्दा बढी उसले आफ्नो बुबा, आमा, पत्नी, छोराछोरी, दाजुभाइ, दिदीबहिनी र आफ्नो प्राणलाई महत्व दिन्छ भने त्यो मेरो चेला हुन सक्दैन। 27अनि जुन व्यक्ति आफ्नो क्रूस बोकेर मेरो पछि लाग्दैन, त्यो मेरो चेला हुन सक्दैन।28“मानौँ तिमीहरूमध्ये कसैले एउटा धरहरा बनाउने इच्छा गर्यो भने त्यो सिद्ध्याउन पर्याप्त खर्च आफूसित छ कि छैन भनी के पहिले नै बसेर अनुमानित हिसाब गर्दैन र? 29यदि उसले जग बसाल्यो, तर त्यो पूरा गर्न सकेन भने त्यो देख्ने हरेकले त्यसको गिल्ला गर्नेछन्; 30अनि भन्नेछन्, ‘यस मानिसले बनाउन त सुरु गर्यो, तर पूरा गर्न सकेन।’
31“अथवा मानौँ कुनै एउटा राजा अर्को राजाको विरुद्ध लडाइँ गर्न जाँदैछ भने के उसले पहिले नै बसेर आफूसँग भएका दश हजारले उसको विरुद्धमा बीस हजार लिएर आउँदैगरेको राजासँग लडाइँ गर्न सक्छु कि सक्दिनँ भनी विचार गर्दैन र? 32ऊ असमर्थ छ भने उसले त्यो अर्को राजा टाढा छँदा नै मिलापको प्रस्तावको लागि प्रतिनिधिहरू पठाउनेछ। 33त्यसै गरी तिमीहरूमध्ये जसले आफूसित भएका सबै थोक त्याग्दैन, त्यो मेरो चेला हुन सक्दैन।
केही समय लिएर आफ्नै शब्दहरूमा कथा पुन:सुनाउनु होस। तपाईं यसलाई ठूलो स्वरमा बताउन वा यसलाई लेख्न सक्नुहुन्छ। यदि तपाइँ यस खण्डलाई सम्झन संघर्ष गर्दै हुनुहुन्छ भने, पुन: यस खण्डलाई पढ्नुहोस् वा सुन्नुहोस्।
जब तपाईंलाई लाग्छ कि तपाईंले कथा राम्रोसँग बुझ्नुभयो, तब तलका प्रश्नहरूलाई सोच्नुहोस र छलफल गर्न केही समय लिनुहोस्।
Get Discovery Bible Studies on your phone
Discover copyright ©2015-2025 discoverapp.org
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™. Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. “Biblica” संयुक्त राज्य अमेरिका पेटेन्ट एण्ड ट्रेडमार्क अफिसमा Biblica, Inc. द्वारा दर्ता गरिएको ट्रेडमार्क हो। अनुमतिसहित प्रयोग गरिन्छ।