
निम्न लिखित खण्ड पढ्नुहोस् वा सुन्नुहोस् ।
एउटा नयाँ आज्ञा
13:31यहूदा कोठाबाट बाहिर गएपछि येशूले भन्नुभयो, “अब मानिसको पुत्रको महिमा भएको छ, र उसमा परमेश्वरको महिमा भएको छ।” 32यदि परमेश्वर उसमा महिमित हुनुभयो भने परमेश्वरले उसलाई आफैँमा महिमित पार्नुहुनेछ, र उसलाई तुरुन्तै महिमित तुल्याउनुहुनेछ।33“हे मेरा बालकहरू हो, अब म तिमीहरूसँग केही बेर मात्र रहन्छु। तिमीहरूले मलाई खोज्नेछौ; अनि यहूदी अगुवाहरूलाई भनेझैँ म अब तिमीहरूलाई पनि भन्छु: म जहाँ जाँदैछु, त्यहाँ तिमीहरू आउन सक्दैनौ।
34“म तिमीहरूलाई एउटा नयाँ आज्ञा दिँदैछु: तिमीहरू एक-अर्कालाई प्रेम गर। मैले तिमीहरूलाई जसरी प्रेम गरेँ, तिमीहरूले पनि एक-अर्कालाई त्यसरी नै प्रेम गर्नुपर्छ। 35तिमीहरूले एक-अर्कालाई प्रेम गर्यौ भने त्यसैबाट तिमीहरू मेरा चेलाहरू हौ भनी सबै मानिसहरूले जान्नेछन्।”
केही समय लिएर आफ्नै शब्दहरूमा कथा पुन:सुनाउनु होस। तपाईं यसलाई ठूलो स्वरमा बताउन वा यसलाई लेख्न सक्नुहुन्छ। यदि तपाइँ यस खण्डलाई सम्झन संघर्ष गर्दै हुनुहुन्छ भने, पुन: यस खण्डलाई पढ्नुहोस् वा सुन्नुहोस्।
जब तपाईंलाई लाग्छ कि तपाईंले कथा राम्रोसँग बुझ्नुभयो, तब तलका प्रश्नहरूलाई सोच्नुहोस र छलफल गर्न केही समय लिनुहोस्।
Get Discovery Bible Studies on your phone
Discover copyright ©2015-2025 discoverapp.org
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™. Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. “Biblica” संयुक्त राज्य अमेरिका पेटेन्ट एण्ड ट्रेडमार्क अफिसमा Biblica, Inc. द्वारा दर्ता गरिएको ट्रेडमार्क हो। अनुमतिसहित प्रयोग गरिन्छ।