
निम्न लिखित खण्ड पढ्नुहोस् वा सुन्नुहोस् ।
येशूले बहत्तर चेलाहरूलाई पठाउनुभएको
10:1त्यसपछि प्रभुले अरू बहत्तर जनालाई नियुक्त गर्नुभयो। तिनीहरूलाई आफू जान लाग्नुभएको हरेक सहर र ठाउँमा दुई-दुई जना गरी आफूभन्दा अगि पठाउनुभयो। 2उहाँले तिनीहरूलाई भन्नुभयो, “फसल त प्रशस्त छ, तर खेतालाहरू थोरै छन्। त्यसकारण फसलका प्रभुलाई उहाँको आफ्नो फसलका खेतमा प्रशस्त खेतालाहरू पठाइदिन प्रार्थना गर। 3जाओ! म तिमीहरूलाई ब्वाँसाहरूका बीचमा थुमाहरूझैँ पठाउँदैछु। 4न पैसाको थैली, न झोला, न त जुत्ताहरू, केही नबोक। अनि बाटोमा कसैलाई पनि अभिवादन नगर।5“जब तिमीहरू कुनै घरमा पस्दछौ, पहिले भन, ‘यस घरमा शान्ति रहोस्!’ 6यदि त्यहाँ शान्तिको मानिस रहेछ भने तिम्रो शान्ति त्यससँग रहनेछ; यदि छैन भने त्यो शान्ति तिमीहरूकहाँ नै फर्किआउनेछ। 7तिनीहरूले जे दिन्छन्, त्यही खानपान गर्दै त्यही घरमा नै बस; किनकि खेताला आफ्नो ज्यालाको योग्य हुन्छ। घर-घर पसेर डुल्ने नगर।
8“कुनै सहरमा पस्दा तिमीहरूलाई स्वागत गरियो भने तिमीहरूका सामु जे राखिन्छ, त्यो खाओ। 9त्यहाँ भएका बिरामीहरूलाई निको पार, र तिनीहरूलाई ‘परमेश्वरको राज्य तिमीहरूका नजिकै आइपुगेको छ’ भन। 10तर कुनै सहरमा पस्दा तिमीहरूलाई स्वागत गरिएन भने त्यस सहरका गल्लीहरूमा जाओ, र यसो भन, 11‘हाम्रा पैतालामा टाँसिएका तिमीहरूको सहरको धुलोसम्म पनि तिमीहरूको विरुद्धमा टक्टक्याउँछौँ; तापनि यो निश्चय जान: परमेश्वरको राज्य नजिकै आइपुगेको छ।’ 12म तिमीहरूलाई भन्दछु, त्यस दिन त्यो सहरको भन्दा त बरु सदोमको अवस्था सहन सक्ने हुनेछ।
केही समय लिएर आफ्नै शब्दहरूमा कथा पुन:सुनाउनु होस। तपाईं यसलाई ठूलो स्वरमा बताउन वा यसलाई लेख्न सक्नुहुन्छ। यदि तपाइँ यस खण्डलाई सम्झन संघर्ष गर्दै हुनुहुन्छ भने, पुन: यस खण्डलाई पढ्नुहोस् वा सुन्नुहोस्।
जब तपाईंलाई लाग्छ कि तपाईंले कथा राम्रोसँग बुझ्नुभयो, तब तलका प्रश्नहरूलाई सोच्नुहोस र छलफल गर्न केही समय लिनुहोस्।
Get Discovery Bible Studies on your phone
Discover copyright ©2015-2025 discoverapp.org
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™. Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. “Biblica” संयुक्त राज्य अमेरिका पेटेन्ट एण्ड ट्रेडमार्क अफिसमा Biblica, Inc. द्वारा दर्ता गरिएको ट्रेडमार्क हो। अनुमतिसहित प्रयोग गरिन्छ।