खोजमुलक

अध्ययन १

अस्वीकार मानिसका निम्ति आशा।

लूका 7:36-50

कदम १: कथा पढ्नुहोस्।

निम्न लिखित खण्ड पढ्नुहोस् वा सुन्नुहोस् ।

x1.0

पापी स्त्रीलाई क्षमा

7:36एक जना फरिसीले येशूलाई आफूसँग भोजनका लागि निम्तो दिए। उहाँ ती फरिसीको घरमा गएर खान बस्‍नुभयो। 37जब त्यस सहरमा पापमय जीवन बिताइरहेकी एउटी स्त्रीले येशू ती फरिसीको घरमा भोजनमा बस्‍नुभएको छ भन्‍ने सुनी, तब सिङ्गमरमरको एउटा भाँडोमा अत्तर लिएर ऊ त्यहाँ आई। 38अनि उहाँको पछिल्तिरबाट उहाँका पाउनिर उभिएर रुँदै उसले उहाँका पाउ आफ्नो आँसुले भिजाउन थाली। त्यसपछि उसले आफ्नै कपालले उहाँका पाउहरू पुछी। अनि चुम्बन गर्दै ती पाउहरूमा अत्तर घसी।

39उहाँलाई निम्तो दिने फरिसीले यो देखेर मनमनै भने, “यदि यिनी अगमवक्ता हुँदाहुन् त यिनलाई कसले छुँदैछ, र यो कस्ती चरित्रकी स्त्री हो भनी थाहा पाउनेथिए; किनकि यो त पापी स्त्री हो।”

40येशूले तिनलाई जवाफ दिनुभयो, “सिमोन, मैले तिमीलाई केही कुरा भन्‍नु छ।”

तिनले भने, “गुरुज्यू, भन्‍नुहोस्।”

41“एउटा साहूबाट दुई जनाले ऋण लिएका थिए: एक जनाले पाँच सय र अर्कोले पचास दिनार। 42तिनीहरू कसैसँग ऋण तिर्नलाई केही पनि थिएन; त्यसैले तिनले ती दुवै जनाका ऋण माफी गरिदिए। अब लौ भन, ती दुईमध्ये कुन चाहिँले तिनलाई बढी प्रेम गर्ला?”

43सिमोनले जवाफ दिए, “मेरो विचारमा बढी ऋण माफी पाउनेले।”

येशूले भन्‍नुभयो, “तिमीले ठिक विचार गर्‍यौ।”

44तब त्यस स्त्रीतिर फर्केर उहाँले सिमोनलाई भन्‍नुभयो, “यस स्त्रीलाई देख्छौ? म तिम्रो घरमा आएँ। तिमीले मलाई पाउ धुने पानी दिएनौ। तर यसले त आफ्नो आँसुले मेरा पाउ भिजाएर आफ्नै केशले पुछेकी छ। 45तिमीले मलाई चुम्बन गरेनौ; तर यस स्त्रीले त म घरभित्र आएदेखि मेरा पाउहरूमा चुम्बन गर्न छोडेकी छैन। 46तिमीले मेरो शिरमा तेल घसिदिएनौ, तर यसले त मेरा पाउहरूमा अत्तर नै खन्याएकी छे। 47त्यसकारण म तिमीलाई भन्दछु, यसका धेरै पापहरू क्षमा भएका छन्; किनकि यसले बढी प्रेम देखाएकी छे। तर जसलाई थोरै मात्र क्षमा गरिन्छ, त्यसले थोरै नै प्रेम गर्दछ।”

48त्यसपछि येशूले त्यस स्त्रीलाई भन्‍नुभयो, “तिम्रा पापहरू क्षमा भएका छन्।”

49तब अरू पाहुनाहरूले आपसमा भन्‍न लागे, “पाप पनि क्षमा दिने यिनी को हुन्?”

50येशूले त्यस स्त्रीलाई भन्‍नुभयो, “तिम्रो विश्‍वासले तिमीलाई बचाएको छ; अब शान्तिसाथ जाऊ!”

कदम २: पुन: उही कथालाई बताउनुहोस्।

केही समय लिएर आफ्नै शब्दहरूमा कथा पुन:सुनाउनु होस। तपाईं यसलाई ठूलो स्वरमा बताउन वा यसलाई लेख्न सक्नुहुन्छ। यदि तपाइँ यस खण्डलाई सम्झन संघर्ष गर्दै हुनुहुन्छ भने, पुन: यस खण्डलाई पढ्नुहोस् वा सुन्नुहोस्।

कदम ३: कथा मनन् गर्नुहोस।

जब तपाईंलाई लाग्छ कि तपाईंले कथा राम्रोसँग बुझ्नुभयो, तब तलका प्रश्नहरूलाई सोच्नुहोस र छलफल गर्न केही समय लिनुहोस्।


Get it on Google Play
Download on the App Store

Get Discovery Bible Studies on your phone

Discover copyright ©2015-2025 discoverapp.org

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™. Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. “Biblica” संयुक्त राज्य अमेरिका पेटेन्ट एण्ड ट्रेडमार्क अफिसमा Biblica, Inc. द्वारा दर्ता गरिएको ट्रेडमार्क हो। अनुमतिसहित प्रयोग गरिन्छ।