
निम्न लिखित खण्ड पढ्नुहोस् वा सुन्नुहोस् ।
कर उठाउने जक्कै
19:1येशू यरीहोमा प्रवेश गरी त्यहाँबाट जाँदैहुनुहुन्थ्यो। 2त्यहाँ जक्कै नाम भएका एक जना मानिस थिए। तिनी कर उठाउनेहरूका प्रमुख थिए; र धनी थिए। 3अनि तिनले येशू को हुनुहुँदोरहेछ भनी हेर्न चाहन्थे, तर भीडले गर्दा तिनले उहाँलाई देख्न सकेनन्; किनकि तिनी पुड्का थिए। 4त्यसकारण तिनी दौडेर अगि-अगि गएर उहाँलाई हेर्नका लागि एउटा अञ्जीरको रूखमा चढे; किनकि येशू त्यही बाटो भएर आउन लाग्नुभएको थियो।5जब येशू त्यस ठाउँमा आइपुग्नुभयो, तब उहाँले माथितिर हेरेर तिनलाई भन्नुभयो, “ए जक्कै, चाँडै तल ओर्लेर आऊ। आज मलाई तिम्रो घरमा बस्नु छ।” 6तिनी झट्टै तल ओर्लेर आए, र खुशी हुँदै उहाँलाई सत्कार गरे।
7तर यो देखेर सबै जनाले गनगनाउँदै भन्न लागे, “उनी त एउटा पापीको घरमा पाहुना बस्न गए।”
8तर जक्कै खडा भएर प्रभुलाई भने, “हे प्रभु, हेर्नुहोस्! म अहिले यहीँ नै मेरो सम्पत्तिको आधा भाग गरिबहरूलाई दिन्छु; यदि मैले कसैलाई कुनै कुरामा ठगेको छु भने म त्यसको चार गुणा फिर्ता गरिदिनेछु।”
9येशूले तिनलाई भन्नुभयो, “आज यस घरमा मुक्ति आएको छ; किनकि यी मानिस पनि अब्राहामकै सन्तान हुन्। 10किनकि मानिसको पुत्र हराएकालाई खोज्न र बचाउन आएको हो।”
केही समय लिएर आफ्नै शब्दहरूमा कथा पुन:सुनाउनु होस। तपाईं यसलाई ठूलो स्वरमा बताउन वा यसलाई लेख्न सक्नुहुन्छ। यदि तपाइँ यस खण्डलाई सम्झन संघर्ष गर्दै हुनुहुन्छ भने, पुन: यस खण्डलाई पढ्नुहोस् वा सुन्नुहोस्।
जब तपाईंलाई लाग्छ कि तपाईंले कथा राम्रोसँग बुझ्नुभयो, तब तलका प्रश्नहरूलाई सोच्नुहोस र छलफल गर्न केही समय लिनुहोस्।
Get Discovery Bible Studies on your phone
Discover copyright ©2015-2025 discoverapp.org
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™. Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. “Biblica” संयुक्त राज्य अमेरिका पेटेन्ट एण्ड ट्रेडमार्क अफिसमा Biblica, Inc. द्वारा दर्ता गरिएको ट्रेडमार्क हो। अनुमतिसहित प्रयोग गरिन्छ।