निम्न लिखित खण्ड पढ्नुहोस् वा सुन्नुहोस् ।
अब्रामको बोलावट
12:1याहवेहले अब्रामलाई भन्नुभयो, “आफ्नो देश, आफ्नो कुटुम्ब र तेरा पिताका घरानालाई छोडिदे; अनि त्यस देशमा जा, जुन म तँलाई देखाउनेछु। 2“म तँलाई एउटा महान् जाति बनाउनेछु;4यसकारण याहवेहले अब्रामलाई भन्नुभएझैँ तिनी गए; अनि लोत पनि तिनको साथमा गए। अब्राम हारानबाट निस्कँदा पचहत्तर वर्षका थिए। 5अब्रामले आफ्नी पत्नी साराई, आफ्नो भतिजो लोत, र तिनीहरूले जम्मा गरेका सबै धनसम्पत्ति र हारानमा प्राप्त गरेका मानिसहरूलाई लिए; अनि तिनीहरू सबै कनान देशतिर लागे; अनि तिनीहरू त्यहाँ आइपुगे।
6अब्राम त्यस देशबाट यात्रा गर्दै मोरेको फलाँटको ठूला रूखहरू भएको ठाउँ शेकेमसम्म आइपुगे। त्यस बेला त्यस देशमा कनानीहरू बस्थे। 7तब याहवेह अब्रामकहाँ देखा पर्नुभयो, र तिनलाई भन्नुभयो, “यो देश म तेरा सन्तानहरूलाई दिनेछु।” यसकारण तिनले आफूकहाँ देखा पर्नुभएको याहवेहका निम्ति त्यहाँ एउटा वेदी बनाए।
8त्यसपछि तिनी त्यहाँबाट बेथेलको पूर्वपट्टिका पहाडहरूतिर गए, र बेथेललाई पश्चिम र ऐ सहरलाई पूर्वपट्टि पारेर तिनले आफ्नो पाल टाँगे। त्यहाँ तिनले याहवेहका निम्ति एउटा वेदी बनाए, र याहवेहको नामलाई पुकार गरे।
अब्रामसित याहवेहको करार
15:1त्यसपछि दर्शनमा याहवेहको यो वचन अब्रामकहाँ आयो: “अब्राम, तँ नडरा;2तर अब्रामले भने, “हे प्रभु याहवेह, तपाईंले मलाई के दिन सक्नुहुन्छ? किनकि म निःसन्तान छु, र मेरो सम्पत्तिको हकदार दमस्कसको एलीएजर नै हुनेछ।” 3अनि अब्रामले फेरि भने, “तपाईंले मलाई छोराछोरी दिनुभएन; यसकारण मेरै घरानामा जन्मेको सेवक नै मेरो उत्तराधिकारी हुनेछ।”
4तब याहवेहको वचन फेरि तिनीकहाँ आयो: “यो मानिस तेरो उत्तराधिकारी हुनेछैन; तर तँबाटै जन्मिएको छोरो तेरो उत्तराधिकारी हुनेछ।” 5उहाँले तिनलाई बाहिर लानुभयो र भन्नुभयो, “यदि तैँले गन्न सक्छस् भने आकाशतिर हेर्, र ताराहरू गन्।” तब उहाँले तिनलाई भन्नुभयो, “तेरा सन्तानहरू पनि त्यस्तै हुनेछन्।”
6अनि अब्रामले याहवेहमाथि विश्वास गरे, र यो उनको निम्ति धार्मिकता गनियो।
केही समय लिएर आफ्नै शब्दहरूमा कथा पुन:सुनाउनु होस। तपाईं यसलाई ठूलो स्वरमा बताउन वा यसलाई लेख्न सक्नुहुन्छ। यदि तपाइँ यस खण्डलाई सम्झन संघर्ष गर्दै हुनुहुन्छ भने, पुन: यस खण्डलाई पढ्नुहोस् वा सुन्नुहोस्।
जब तपाईंलाई लाग्छ कि तपाईंले कथा राम्रोसँग बुझ्नुभयो, तब तलका प्रश्नहरूलाई सोच्नुहोस र छलफल गर्न केही समय लिनुहोस्।
Get Discovery Bible Studies on your phone
Discover copyright ©2015-2025 discoverapp.org
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™. Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. “Biblica” संयुक्त राज्य अमेरिका पेटेन्ट एण्ड ट्रेडमार्क अफिसमा Biblica, Inc. द्वारा दर्ता गरिएको ट्रेडमार्क हो। अनुमतिसहित प्रयोग गरिन्छ।