खोजमुलक

अध्ययन १०

आराधना: परमेश्वरको प्रशंसा, किनकी उहाँ हाम्रो गोठालो हुनुहुन्छ।

भजनसंग्रह 23:1-6

कदम १: कथा पढ्नुहोस्।

निम्न लिखित खण्ड पढ्नुहोस् वा सुन्नुहोस् ।

x1.0
  23:1याहवेह मेरा गोठाला हुनुहुन्छ, मलाई केही कुराको घटी हुँदैन।
    2उहाँले मलाई हरियो खर्कमा सुताउनुहुन्छ;
  उहाँले मलाई शान्त पानीतिर डोर्‍याउनुहुन्छ।
    3उहाँले मेरो प्राणलाई पुनः ताजा पार्नुहुन्छ।
  उहाँले आफ्नो नामको खातिर
    मलाई धार्मिकताका मार्गहरूमा अगुवाइ गर्नुहुन्छ।
  4मृत्युको अन्धकारमय
    घाटीबाट भएर जानुपरे तापनि
  म कुनै खतरादेखि डराउनेछैनँ;
    किनकि तपाईं मेरो साथमा हुनुहुन्छ;
  तपाईंको लहुरो र तपाईंको छडीले
    मलाई सान्त्वना दिन्छन्।

  5तपाईंले मेरा शत्रुहरूको सामु,
    मेरो निम्ति भोज तयार पार्नुहुन्छ।
  तपाईंले मेरो शीरलाई तेलले अभिषेक गर्नुहुन्छ;
    मेरो कचौरा भरिएर पोखिन्छ।
  6निश्‍चय नै तपाईंको भलाइ र प्रेम
    मेरो जीवनभरि हरेक दिन मेरो पछि लाग्नेछन्,
  र म सधैँभरि
    याहवेहको भवनमा बास गर्नेछु।

कदम २: पुन: उही कथालाई बताउनुहोस्।

केही समय लिएर आफ्नै शब्दहरूमा कथा पुन:सुनाउनु होस। तपाईं यसलाई ठूलो स्वरमा बताउन वा यसलाई लेख्न सक्नुहुन्छ। यदि तपाइँ यस खण्डलाई सम्झन संघर्ष गर्दै हुनुहुन्छ भने, पुन: यस खण्डलाई पढ्नुहोस् वा सुन्नुहोस्।

कदम ३: कथा मनन् गर्नुहोस।

जब तपाईंलाई लाग्छ कि तपाईंले कथा राम्रोसँग बुझ्नुभयो, तब तलका प्रश्नहरूलाई सोच्नुहोस र छलफल गर्न केही समय लिनुहोस्।


Get it on Google Play
Download on the App Store

Get Discovery Bible Studies on your phone

Discover copyright ©2015-2025 discoverapp.org

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™. Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. “Biblica” संयुक्त राज्य अमेरिका पेटेन्ट एण्ड ट्रेडमार्क अफिसमा Biblica, Inc. द्वारा दर्ता गरिएको ट्रेडमार्क हो। अनुमतिसहित प्रयोग गरिन्छ।