खोजमुलक

अध्ययन १८

छुट्काराेर:येशूले रोगीहरूलाई निको पार्नुभयो र पापहरूलाई क्षमा गर्नुभयो ।

लूका 5:17-26

कदम १: कथा पढ्नुहोस्।

निम्न लिखित खण्ड पढ्नुहोस् वा सुन्नुहोस् ।

x1.0

पक्षघाती निको पारिएको

5:17एक दिन येशूले शिक्षा दिइरहनुहुँदा गालील प्रदेशका हरेक गाउँ, यहूदिया प्रदेश र यरूशलेमबाट आएका फरिसीहरू र व्यवस्थाका शिक्षकहरू त्यहीँ बसिरहेका थिए। अनि बिरामीहरूलाई निको पार्नका लागि प्रभुको शक्ति उहाँसँग थियो। 18केही मानिसहरूले पक्षघात भएको एउटा मानिसलाई ओछ्यानमा बोकेर ल्याए, र त्यस मानिसलाई येशूको अगिल्तिर राखिदिन घरभित्र लैजान प्रयास गरे। 19तर भीडको कारणले गर्दा केही उपाय नलागेपछि तिनीहरू छानामाथि चढे, र छानालाई उक्‍काएर त्यसको ओछ्यानसमेत नै त्यहीँबाट ठिक येशूको सामु ओरालिदिए।

20जब येशूले तिनीहरूको विश्‍वास देख्नुभयो, उहाँले त्यस पक्षघातीलाई भन्‍नुभयो, “मित्र, तिम्रा पापहरू क्षमा भएका छन्।”

21फरिसी र व्यवस्थाका शिक्षकहरूले आफैँमा विचार गर्न लागे, “ईश्‍वरनिन्दा गर्ने यो मानिस को हो? परमेश्‍वरबाहेक अरू कसले पाप क्षमा गर्न सक्छ?”

22तिनीहरूका विचारहरू थाहा पाएर येशूले सोध्नुभयो, “आफ्ना हृदयमा तिमीहरूले किन यस्ता कुराहरू विचार गर्दैछौ? 23के भन्‍नु सजिलो छ: ‘तिम्रो पाप क्षमा भयो’ भन्‍नु वा ‘उठ र हिँड’ भन्‍नु? 24तर मानिसको पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ भनी तिमीहरूले जान।” उहाँले त्यस पक्षघातीलाई भन्‍नुभयो, “म तिमीलाई भन्दछु, उठ र आफ्नो ओछ्यान बोकेर घर जाऊ।” 25त्यो तुरुन्तै तिनीहरूका बीचमा उठ्यो, र आफू जुन ओछ्यानमा थियो, त्यसलाई बोकेर परमेश्‍वरको प्रशंसा गर्दै घर फर्कियो। 26सबै जनाले अचम्म माने र परमेश्‍वरको प्रशंसा गरे। तिनीहरू भयभीत भएर भने, “आज हामीले आश्‍चर्यका कामहरू देखेका छौँ।”

कदम २: पुन: उही कथालाई बताउनुहोस्।

केही समय लिएर आफ्नै शब्दहरूमा कथा पुन:सुनाउनु होस। तपाईं यसलाई ठूलो स्वरमा बताउन वा यसलाई लेख्न सक्नुहुन्छ। यदि तपाइँ यस खण्डलाई सम्झन संघर्ष गर्दै हुनुहुन्छ भने, पुन: यस खण्डलाई पढ्नुहोस् वा सुन्नुहोस्।

कदम ३: कथा मनन् गर्नुहोस।

जब तपाईंलाई लाग्छ कि तपाईंले कथा राम्रोसँग बुझ्नुभयो, तब तलका प्रश्नहरूलाई सोच्नुहोस र छलफल गर्न केही समय लिनुहोस्।


Get it on Google Play
Download on the App Store

Get Discovery Bible Studies on your phone

Discover copyright ©2015-2025 discoverapp.org

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™. Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. “Biblica” संयुक्त राज्य अमेरिका पेटेन्ट एण्ड ट्रेडमार्क अफिसमा Biblica, Inc. द्वारा दर्ता गरिएको ट्रेडमार्क हो। अनुमतिसहित प्रयोग गरिन्छ।